Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल भदौ २७ देखि


0
Shares

हरेक वर्ष वैशाखमा हुने प्रतियोगिता टुँडिखेल मर्मतका कारण यस बर्ष चार महिना पछि हुन लागेको हो । धनकुटा सदरमुकामस्थित तल्लो टंँडिखेलमा हुने प्रतियोगितामा यो पटक ६ टिममात्र सहभागी हुनेछन् ।

प्रतियोगितामा ए डिभिजन क्लव ब्वाईज युनियन, भुटानको बिआरसी भुटान, आयोजकसहित गोधुली क्लव सुनसरी मोरङ्ग–११ तथा झापा–११ को सहभागिता जनाउने आयोजक समितिका सचिव रोशन श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम टिमले ट्रफीसहित नगद एक लाख रुपैयाँ पाउने छ भने दोस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ पाउने छ । प्रतियोगिता शहीद भीमनारायण श्रेष्ठको नाममा २०५५ सालबाट शुरु गरिएको थियो ।