अमेरिकाको न्यूयोर्कमा जारी वर्षको अन्तिम ग्रान्डस्लाम टेनिसको बिहीबार भएको सेमिफाइनलमा आफ्नै देशकी स्लोआनी स्टेफेन्ससँग पराजित हुँदै भेनस बाहिरिएकी हुन् ।
स्टेफेन्सविरुद्धको पहिलो सेट १–६ ले गुमाएकी भेनसले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै ६–० को नतिजा निकालिन् । तर, तेस्रो तथा निर्णायक सेट ७–५ ले आफ्नो पक्षमा पार्दै स्टेफेन्स फाइनलमा उक्लिन सफल भइन् ।
स्टेफेन्सले अब उपाधिका लागि आफ्नै देशकी म्याडिसन किजसँग खेल्नेछिन् ।
शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा अमेरिकाकै कोको भान्डेवेइलाई हराउँदै किज करियरमा पहिलोपटक ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा पुगेकी हुन् ।
भान्डेवेइविरुद्धको खेल किजले ६–१ र ६–२ को सोझो सेटमा जितिन् ।
पुरुषहरुतर्फको सेमिफाइनलमा स्पेनका रफाइल नदाल र अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोट्रो तथा दक्षिण अफ्रिकाका केभिन एन्डर्सन र स्पेनका पाब्लो कारेनो बुस्टा भिड्नेछन् ।





प्रतिक्रिया दिनुहोस्