चितवन, माघ २ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद (नार्क)मै अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
बुधबार चितवनको रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रममा आयोजित एक कार्यक्रममा बोल्दै उनले वैज्ञानिकहरु पलायन हुनेक्रम बढेकाले केन्द्रमै अनुसन्धान गर्नुपर्ने उल्लेख गरे ।
‘विगतमा नेपालका वैज्ञानिकको अनुसन्धान नै सार्क मुलुकमा सफल मानिन्थ्यो’–उनले भने–‘हिजो त्योरुपमा विकास गरेको हाम्रा वैज्ञानिकहरुको कडी कहाँनिर टुट्यो ? राज्यको पोलिसिमा टुट्यो, हाम्रो काम गर्ने क्षमतामा टुट्यो या वातावरण नभएर वैज्ञानिकहरु पलायन भए ? त्यसैले अब अनुसन्धान केन्द्रमै अनुसन्धान गर्नुपर्छ ।’
मन्त्री खनालले नार्कलाई कुनै आरोप लगाउने पक्षमा आफू नरहेको भन्दै कृषि क्षेत्रमा प्रगति गर्न नसक्नुको गल्ती–कमजोरी खोज्नुपर्ने बताए ।
आधुनिक कृषि प्रणालीमा अनुसन्धान र किसानलाई प्रविधिमा जोड्नसकेमात्र विदेशिने नेपाली युवाहरुलाई स्वदेशमै रोक्नसकिने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्