१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


सप्तरीमा स्वतन्त्रसहित पाँच हजार ६८३ जना चुनावी मैदानमा


0
Shares

जिल्ला निर्वाचन कार्यालय सप्तरीकाअनुसार जिल्लामा रहेको १८ ओटा स्थानीय तहमध्ये ९ ओटा नगरपालिकाको प्रमुखमा १०३ जना, ९ ओटा उपप्रमुखमा ९२ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

त्यस्तै, ९ ओटा गाउँपालिकाको प्रमुखमा ११४ जना र उपप्रमुखमा ७४ जनाले उम्मेदवारी दिएका छन् । कुल १६४ ओटा वडाका लागि प्रमुखमा भने एक हजार २१७ जनाले उम्मेदवारी दिएको बताइएको छ ।

यस्तै, वडासदस्यका लागि ३२८ सदस्यमध्ये दुई हजार ३० जना, १६४ दलित महिला सदस्यका लागि ९८२ जना र १६४ महिला सदस्यका लागि एक हजार ७४ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

राजविराज नगरपालिकाको प्रमुखमा तीनजना स्वतन्त्रसहित १३ जना, उपप्रमुखमा ९ जना, वडाध्यक्षमा १२५ जना, सदस्यमा २०६ जना, दलित महिला सदस्य ८८ जना र महिला सदस्यमा १०६ जना गरी कुल ५४७ जनाको उम्मेदवारी परेको छ । रासस