
सञ्जय आचार्य (इमेज)
बर्दिया, माघ २ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर–३ मा प्रहरीले गोली हानेर हत्या आरोपी युवराज गिरीलाई पक्राउ गरेको छ ।
बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असइ पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको गएको पुस २७ गते हत्या गरिएको अभियोगमा प्रहरीले गिरीलाई पक्राउ गरेको हो ।
सोही हत्यामा पक्राउ परेका भरत शाहीको बयानका आधारमा बुधबार बर्दियामा गिरीलाई पक्रन खोज्दा भाग्न थालेपछि प्रहरीले गोली चलाएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले गोली चलाएको प्रहरीले जनाएको छ ।
आरोपी गिरीको खुट्टामा गोली लागेको छ । गिरीको अवस्था भने सामान्य छ । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसनन्धान जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसी रमेश सिंहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्