Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


रफाईल नदाल युएस ओपन टेनिस प्रतियोगिताको फाइनलमा


0
Shares

शनिबार बिहान भएको सेमिफाइनलमा नदालले २३ औं वरियताका अर्जेन्टिनी प्रतिश्पर्धी जुवान मार्टिन डेल पोत्रोलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

पहिलो सेट ४–६ ले गुमाएका नदालले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका सेट ६–०, ६–२ र ६–२ ले आफ्नो पक्षमा पारे ।

उनले अब फाइनलमा दक्षिण अफ्रिकाका केविन एन्डर्सनसँग प्रतिश्पर्धा गर्नेछन् । २८ औं वरियताका एन्डर्सनले १२ औं वरियताका स्पेनिस पाबलो कार्रेनो बुस्तालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।