
ठूलो मतपत्र र चुनाव चिह्न धेरै भएकाले मतदातामा अन्योल नहोस् भन्न जिल्ला निर्वाचन कार्यालयले गाउँ–टोलमा पुगेर मतदाता शिक्षा तथा नमुना मतदान गराइराखेको हो ।
यसैक्रममा शनिबार सप्तरीको विष्णुपुर गाउँपालिका जमुनीटोलका स्थानीयलाई कसरी सही तरिकाले मतदान गर्ने भन्नेबारे जानकारी गराउँदै नमुना मतदान गरियो ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेशकुमार ठाकुरकाअनुसार ५८ जना मतदातालाई सहभागी गराइ गरिएको सो नमुना मतदानमा ५२ ओटा मत सदर तथा ६ मत बदर भएको थियो ।
९ नगरपालिका र ९ गाउँपालिका गरी १८ ओटा स्थानीय तह रहेको सप्तरीमा २ हजार ७०० कर्मचारी खटाइ मतदाता शिक्षा कार्यक्रम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
सप्तरीमा ४६२ मतदान केन्द्रमार्फत् निर्धारण गरिएको छ भने ३ लाख ३१ हजार ६७९ जना मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्