ज्येष्ठ ब्याडमिन्टन एकेडेमीले आयोजना गरेको प्रतियोगिताका दुवै संस्करणमा नङ्सल र रत्नजित विजयी भएका हुन् ।
फाइनलमा नेपाली सेनाकी नङ्सलले आफ्नै क्लबकी अमिता गिरीलाई २१–१३ र २१–१७ को सोझो सेटमा पराजित गरिन् ।
त्यस्तै, सेनाकै रत्नजितले आफ्नै क्लबका नविन श्रेष्ठलाई २२–२० र २१–१८ ले पराजित गरे । विजेताले २५ हजार तथा उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार जिते ।
१२ जिल्ला र ८ क्लबका गरी २१९ खेलाडीले विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक तथा ब्याडमिन्टनका राष्ट्रिय प्रमुख प्रशिक्षक सुदीप योञ्जनले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्