फाइनलमा किक अफ फुटसललाई ५–४ ले पराजित गर्दै शंखमुलले उपाधि जितेको हो । उपाधिसँगै शंखमुलले पाँच लाख रुपैयाँ हासिल गरेको छ ।
त्यसैगरी उपविजेता किक अफले दुई लाख ५० हजार रुपैयाँ जितेको छ । १६ टिमले सहभागिता जनाएको प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा एएफसी फुटसल च्याम्पियनसिपमा खेल्ने नेपाली टोलीको छनोट हुनेछ ।
अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं फुटसल समिति संयोजक रमेश रायमाझीले सोमबार साँझसम्म टोली घोषणा हुने जनाए ।
योसँगै नेपालले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको औपचारिक फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।
असोज २७ गतेदेखि ईरानमा हुने छनोट प्रतियोगिताको नेपालको समूहमा उज्बेकिस्तान, कीर्गिस्तान र तुर्कमेनिस्तान रहेका छन् । उज्बेकिस्तान प्रतियोगिताको साविक उपविजेता हो भने कीर्गिस्तानले यसअघिको संस्करणमा अन्तिम चरणमा ठाउँ बनाएको थियो ।





प्रतिक्रिया दिनुहोस्