मलेसियामा जारी खेलमा थाईल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङ गरिरहेको छ ।
नेपालले समूह ए को दोस्रो खेलमा बुधबार भुटानसँग तथा समूहको अन्तिम खेलमा बिहीबार सिंगापुरसँग खेल्नेछ ।
एसीसी यू–१९ पूर्वी क्षेत्रको छनोटमा नेपालसहित ८ देशले प्रतिस्पर्धा गरिरहेका छन् । समूह बी मा आयोजक मलेसियासँगै हङकङ, चीन र म्यानमार रहेका छन् ।
प्रतियोगिताको फाइनलमा पुग्ने टोलीले आगामी नोभेम्बरमा मलेसियामै हुने युथ एसिया कप क्रिकेटमा एसियाका टेष्ट मान्यता प्राप्त राष्ट्रका युथ टोलीसँग खेल्ने मौका पाउँनेछन् ।





प्रतिक्रिया दिनुहोस्