१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


गायक भुवन प्यासीको गीतमा माला लिम्बुको दमदार डान्स(भिडियो)


0
Shares

भिन्न शैलीको गीत ‘ट्राफिक जाम’को भिडियो बजारमा ल्याएसँगै गीतले नेपाली सांगीतिक बजारमा राम्रो चर्चा परिचर्चा बटुल्न थालेपछि गायक प्यासीको कामको तारिफ सुरु भएको हो ।

‘आयान’ एल्बममा समावेश यो गीतमा भुवन र राजेन्द्र बजगाँइको शब्द, राजेन्द्रकै संगीत छ ।

शिव विकले निर्देशन गरेको यो भिडियोमा मोडल माला लिम्बु र रविन सेनले मोडलिङ गरेका छन् ।

मालाको सुन्दरताको कारण ट्राफिक जाम भएको भन्दै गीतमा उनको वर्णन गरिएको छ ।

भिडियोमा मालाले अहिलेसम्मकै दमदार अभिनय गरेकी छिन् ।

निशान घिमिरेको सम्पादन रहेको भिडियोलार्इ अर्जुन तिवारीले छायांकन गरेका हुन् ।

भिडियो हेर्नुहोस