१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


टेक्सासको गोलीकाण्डमा आठ जनाको मृत्यु


0
Shares

हाउस्टनबाट ४१० किलोमिटर उत्तरमा पर्ने महानगर क्षेत्रमा रहेको एक घरमा रहेका सात जनाको ज्यान गएको छ । साथै, सोही घरमा अर्का एकजना संदिग्ध पनि मारिएका छन् ।

तिनै व्यक्तिले गोली प्रहार गर्न सुरु गरेको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले जनाएको छ । सो गोलीकाण्ड किन र कसले गरेको थियो भन्ने बारेमा केही खुलाइएको छैन ।

गोली प्रहारबाट एक घरमा रहेका नौजना व्यक्ति परेका थिए । ती मध्ये सात जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एकजनाको अस्पताल पुर्‍याएपछि मृत्यु भएको थियो ।

उक्त गोलीकाण्डमा परी अर्का एकजना घाइते छन् । यस घटानमा मारिएका सबैजना युवा युवती रहेका बताइएको छ । तर, उनीहरुको पहिचान भने प्रहरीले खोलेको छैन । रासस /सिन्ह्वा