Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


पोखरामा अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु


0
Shares

नेपालमा पहिलो पटक आयोजना गरिएको खेलको आज खेलकुद मन्त्री राजन केसीले उद्घाट्न गरे ।

कास्की जिल्ला लन टेनिस संघको आयोजना तथा नेपाल लन टेनिस संघ र अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा भएकोे प्रतियोगितामा नेपाल, भारत र फिनल्याण्डका सिनियर टेनिस खेलाडीसहित ८३ जनाको सहभागिता रहेको छ ।

उद्घाटन खेलमा गोपी भट्टराइले मनिष थापालाई ६-० र ६-१ ले पराजित गरे । प्रतियोगिताको पहिलो सिप्mट भदौ २६ देखि ३१ गतेसम्म र दोश्रो सिप्mट असोज २ देखि ७ गतेसम्म हुने संघका अध्यक्ष विनोद कायस्थले जानकारी दिए ।

प्रतियोगिताहरु ३५, ४५ र ५५ वर्ष माथिका खेलाडीहरुबीच प्रतिस्पर्धा हुने छ ।

खेलमा राप्रपा अध्यक्ष कमल थापा, मनोज राना, ईन्द्रजीत राई, राजु श्रेष्ठ, भारतका नरेश खत्री, चन्द्र भूषण, दिलीप महत्री, प्रवीण कुमार नायक जस्ता ख्यातिप्राप्त खेलाडीहरु पनि सहभागी हुने छन् ।