
काठमाडौं, माघ १ । प्रहरीले शंकास्पद वस्तुसहित पाँच सेनेगल नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
विभिन्न वनस्पति औषधि, नक्कली कपाल ३० थान, सिद्रा माछा चारपोका, खरायोको सुकुटी, वनस्पति झार दुईपोका र पीठो दुईपोकासहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सेनेगल नागरिक ३६ वर्षीय गेया मामाजु, ३४ वर्षीय सेला मोहमद र ३२ वर्षीय सिद्दे सोलेलगायत छन् ।
उनीहरुलाई महाराजगन्जस्थित साम्बाला होटलबाट नियन्त्रणमा लिएको हो । रासस
प्रतिक्रिया दिनुहोस्