१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


मन्त्रिपरिषद विस्तारप्रति निर्बाचन आयोगको ध्यानाकर्षण


0
Shares

आउँदो मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भाद्र १४ गते नै आचार संहिता लागु भइसकेकोले मन्त्रिपरिषद विस्तार गर्नु आचार संहिता विपरित भएको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

आयोगले भदौ १५ गते नै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सात बुँदे निर्देशन दिइसकेको थियो ।

तर निर्देशन विपरित ३ मन्त्री र १ राज्यमन्त्री नियुक्ती गरिएको प्रति आयोगको ध्यानाकर्षण भएको आयोगकका प्रवक्ता नवराज ढकालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्बाचनका लागि ममन्त्रीपरिषद विस्तारले असर पर्नसक्ने हुँदा यस्तो कार्य नगर्न र नगराउन नेपाल सरकारसमक्ष आग्रह गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।