Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


कान्छीमाया कोजुले जितिन ‘पल्सर स्पोटर्स अवार्ड’


0
Shares

पाँच जना खेलाडीबीच एसएमएस भोटिंगमार्फत भएको प्रतिस्पर्धामा कान्छीमायाले ‘पब्लिक च्वाइस अवार्ड’ जित्न सफल भएकी हुन् ।

त्यसैगरी, वर्षका उत्कृष्ट प्रशिक्षक एथलेटिक्सकै प्रशिक्षक पुष्पराज ओझा बन्न सफल भएका छन् । पुरुष वर्ष खेलाडीमा फुटबल खेलाडी किरण चेम्जोंग, महिला खेलाडी ब्याडमिन्टनकी नङसलदेवी तामाङ, युवा खेलाडीमा जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान विजयी भएका छन् ।

नेत्रहीन विश्वकप क्रिकेटमा दोहोरो सतक बनाएका पदम बडेला ‘पारा एथलिट अवार्ड’बाट सम्मानित भएका छन् । त्यस्तै, खेलकुदमा विशेष योगदान दिने बन्दी सहायता नियोग पामलाई ‘स्पेशल अवार्ड’ प्रदान गरिएको छ ।

त्यसैगरी, ६ दशकदेखि नेपाली गल्फ खेलकुदमा योगदान पुर्‍याउन सफल घनश्याम थापा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । राष्ट्रिय भलिबल टोलीलाई भने वर्ष टिमको उपाधि दिइएको छ ।
नेपाल खेलकुद पत्रकार मन्चले वि.सं.२०६० सालदेखि प्रदान गर्दै आएको स्पोटर्स अवार्डको यो संस्करणमा पनि विभिन्न ९ विधामा उत्कृष्ट खेलकर्मीलाई पुरस्कृत भएका हुन् ।

वर्ष २०७३ भर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलकर्मीहरु मनोनयनमा परेका थिए ।