
काठमाडौं, माघ १ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा मंगलबारदेखि कुम्भमेला सुरु भएको छ ।
संसारकै ठूलो मानिएको मेलाको पहिलो दिन कम्तीमा एक करोड ५० लाख मानिस सहभागी हुने अनुमान गरिएको छ ।
४९ दिनसम्म आयोजना हुने मेलामा करिब १२ करोडले भाग लिने अधिकारीहरुको अनुमान छ । जसमा करिब १० लाख विदेशी हुने अनुमान छ ।
मेलाका अवसरमा हिन्दु तीर्थयात्री गंगा, यमुना र पौराणिक नदी सरस्वतीको संगमस्थलमा स्थान गर्नाले पाप पखालिने विश्वास गर्छन् ।
विगतमा २० वर्गमाइलमा फैलिएको मेलास्थल यसपटक विस्तार गरेर ४५ वर्गमाइल बनाइएको छ ।
मेलामा करिब २८ अर्ब भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
उत्तर प्रदेश सरकारले केही महिनाअघिमात्रै इलहावादको नाम परिवर्तन गरी प्रयागराज राखेको थियो ।
प्रयागमा प्रत्येक १२ वर्षमा परापूर्वकादेखि मंकर संक्रान्तिका दिनदेखि कुम्भमेला आयोजना हुँदै आएको छ ।
१२ वर्षअघि इलहावादमा भएको कुम्भमेलामा करिब १० करोड तीर्थालु पुगेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्