१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


बैंकिङ कसुर मुद्दामा एकजना पक्राउ


0
Shares

महोत्तरी, माघ १ । महोत्तरी प्रहरीले मंगलबार बैंकिङ कसुर मुद्दामा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको मनरासिस्वा नगरपालिका–१० बस्ने सत्येन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

पक्राउ परेका यादवले जिल्लाकै एकडारा गाउँपालिका–४, हलखोरी बस्ने सविता यादवसँग रु तीन लाख ठगी गरी उनलाई गलत चेक दिएर बैंकमा पठाएको र उनको चेक बैंकमा ‘बाउन्स’ भएपछि बैंकिङ कसुरमा पक्राउ गरिएको हो ।

पीडितले प्रहरीमा आफू ठगिएको जानकारी गराएपछि मंगलबारै प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो । रासस