२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


रुस लैजाने भनी हंगेरी पुर्‍याई अलपत्र पार्ने भारतीय पक्राउ


0
Shares

भारत देहरादुन घर भई काठमाडौँ, हाँडीगाउँ बस्ने सुरजलाल जोशीले दाङ धनौरी घर भएका वसन्त बस्नेत र दंगीशरण बस्ने कमल ओलीलाई मस्को पठाइदिने भनी रु १० लाख ७० हजारका दरले दुई जनाबाट रु २१ लाख ४० हजार लिएको प्रहरीले जनाएको छ ।

उनले पीडित दुई जनालाई गत वर्ष जेठ २१ गते भारतको दिल्लीमा निज सुरजलाल जोशीले लिन पठाएका एकजना दलाल व्यक्तिले दिल्लीबाट युक्रेन हुँदै हंगेरीको बोर्डरमा पुर्‍याएका थिए ।

अलपत्र परेका उनीहरु ६ महिनापश्चात् नेपाल फर्की पीडक जोशीविरुद्ध मुद्दा हालेका थिए ।

सो पश्चात् महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले जोशीलाई सोमबार टेकुबाटै पक्राउ गरी ठगी मुद्दामा आवश्यक अनुसन्धान कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर, टेकु काठमाडौँमा पठाएको हो । रासस