
काठमाडौं । बेलायतको संसदमा युरोपेली संघ ईयूबाट बाहिरिने सम्बन्धबारे प्रधानमन्त्री टेरिजा मेले प्रस्तुत गरेको योजनामाथि आज मतदान हुँदैछ ।
ब्रेक्जिटका विषयमा बेलायती सांसदहरूले मतदान गर्नुअघि प्रधानमन्त्री मेले ब्रेक्जिटबारे आफूले ईयूसँग गरेको सहमतिमा समर्थन गर्न आग्रह गरेकी छन् ।
विपक्षी सहयोग विना पारित हुने सम्भावना न्यून रहेकाले मेले आफ्नो प्रस्तावलाई समर्थन नगरे बेलायतका जनता निराश हुने जिकिर गरिन् ।
केही कन्जरभेटिभ सदस्यहरुले सरकारको पक्षमा बहस चलाइरहेका छन् र उनीहरुले ब्रेक्जिट सम्झौता ठीक हो भनिरहेका छन् । तर उनीहरुको संख्या कम छ ।
ब्रेक्जिटका विपक्षमा रहेकाहरुले ब्रेक्जिटबाट बेलायत स्वतन्त्र होइन अझ बढी पराधीन हुने खतरा रहेको तर्क गर्छन् ।
लेबर पार्टीका अधिकांश सांसदहरु युरोपेली पक्षधर छन् र उनीहरु पार्टीकै पक्षमा उभिएका छन् ।
ब्रेक्जिट प्रस्ताव पारित नभए दोस्रो ब्रेक्जिट जनमत संग्रह गर्ने प्रस्ताव ल्याइने पार्टीको तयारी छ ।
गत वर्षको डिसेम्बर ११ बाट पछाडि सारिएको उक्त मतदान आगामी मार्च २९ तारिखमा बेलायत ईयूबाट बाहिरने मिति नजिकिंदै गर्दा हुन लागेको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्