
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र जंजिबार फिल्म फेस्टिभल तान्जानियाको संयुक्त आयोजनामा हुन लागेको महोत्सवमा १४ मुलुकका ९ चलचित्र प्रदर्शन हुनेछन् ।
महोत्सवमा नेपालबाट एउटामात्र चलचित्र ‘डा.खाते’ चयन भएको छ ।
महोत्सवमा प्रदर्शन गरिने चलचित्र अफ्रिकाको राजनीति, सांस्कृतिक, पर्यटकीय र त्यहाँको जीवनशैलीलगायतका विविध पक्ष समेटिएका हुने बताइएको छ ।
महोत्सवबारे जानकारी दिन बुधबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा महोत्सव निर्देशक डा. मञ्जु मिश्रले चलचित्रको माध्यमबाट नेपाल–अफ्रिका संस्कृति आदान–प्रदानमा सहयोग पुग्ने धारणा राखिन् ।
प्रतिक्रिया दिनुहोस्