२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


अमेरिकामा हिम आँधीमा परी १० जनाको मृत्यु, जनजीवन अस्तव्यस्त


0
Shares

काठमाडौं । अमेरिकाको मध्य तथा पूर्वी क्षेत्रमा आएको हिम आँधीका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलोनोइस राज्यका प्रहरी समेत छन् । विभिन्न राजमार्ग हिउँले भरिएकाले थुप्रै ठाउँमा सडक दुर्घटना भएको छ ।

मिजौरी, कान्सास, आयोवा, इलिनोईस, इण्डियाना, ओहायो, भजिर्निया, मेरील्याण्ड, र डिसी क्षेत्रमा भारी हिमपातका कारण जनजीवन अस्तव्यस्त भएको छ ।

हिम आँधीका कारण शैक्षिक संस्था र कलकारखाना बन्द हुनुका साथै सयौं हवाई उडान रद्ध भएका छन् ।

विद्युत आपूर्ति बन्द हुंदा कान्सासदेखी डिसी क्षेत्रसम्मका लाखौं जनता प्रभावित भएका छन् ।

हिउँका कारण अबरुद्ध सडक सुचालु गर्न सयौंको संख्यामा उद्धारकर्मीहरु परिचालन गरिएको छ ।(एजेन्सी)