Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


तराई–मधेसको डुबान समस्या अब चाँडै समाधान : प्रधानमन्त्री


0
Shares

सर्लाही सदरमुकाम मलंगवामा बिहीबार नेपाली कांग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले डुबान समस्या समाधान गर्न आफू लागिपरेको बताए । तर, उनले डुबान समस्या समाधानको उपायबारे भने केही बताएनन् ।

मधेसीको माग सम्बोधन गर्ने पार्टी कांगे्रसमात्रै भएको भन्दै उनले स्थानीय तह निर्वाचनमा कांगे्रसलाई भोट दिन आग्रह गरे ।

प्रधानमन्त्री देउवाले नेकपा एमालेले पहाडे र मधेसी नागरिकबीच द्वन्द्व चर्काउने काम गरिरहेको आरोपसमेत लगाए ।

चुनावीसभालाई सम्बोधन गर्दै कांगे्रस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावपछि संविधान पूर्ण कार्यान्वयनको बाटोमा जाने बताए ।