Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


‘ब्यालेट’मार्फत् बदला लिने अवसर : महतो


0
Shares

स्थानीय तह निर्वाचन प्रचार–प्रसारकाक्रममा सप्तरीको खड्ग नगरपालिकास्थित कल्याणपुरमा बिहीबार आयोजित सभामा उनले भने–‘मधेसीमाथि भएको दमनको बदला निर्वाचनमा मधेसी जनताले ब्यालेटलाई सदुपयोग गरेर देखाइनेछ ।’

नेता महतोले निर्वाचनमा राजपाका उम्मेदवारलाई जिताउनका लागि गाउँगाउँमा प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिँदै ‘विगतमा ठूला तीन दल मधेसी जनतासँग मत लिएर उल्टै मधेसी जनतामाथि सामन्ती व्यवहार देखाएकाले अबको निर्वाचनमा ती पार्टीलाई मधेसी जनताले सबक सिकाउनैपर्ने’मा जोड दिए ।

निर्वाचनलाई आफ्नो पार्टीले आन्दोलनकैरुपमा लिएको बताउँदै उनले मधेसको अधिकार, सम्मान र स्वाभिमानका लागि राजपाले जित्नैपर्ने जिकिर गरे ।

सभामा राजपाका तर्फबाट खडक नगरपालिकाका प्रमुखका उम्मेदवार नन्नुकुमार चौधरी र उपप्रमुखका उम्मेदवार पिंकीकुमारी साहले खडग नगरपालिका व्यापक सम्भावना बोकेको सहर भएकाले नगरक्षेत्रलाई स्मार्टसिटीकारुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस