१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


७० प्रतिशत अल्बानियाली भन्छन्–‘भ्रष्टाचारी संस्थामध्ये पहिलो अदालत, दोस्रो संसद’


0
Shares

अल्बानियाली ‘इन्स्टिच्युट अफ डेमोक्रेसी एण्ड मेडिएसन’ (आइडीएम)ले गरेको सर्वेक्षणको बिहीबार (आज) सार्वजनिक भएको प्रतिवेदनमा यस्तो तथ्य उल्लेख गरिएको छ ।

अदालतपछि बढी भ्रष्टाचार गर्नेमा संसद परेको छ । झण्डै ६८ प्रतिशत जनताले संसदमा पनि भ्रष्टाचार हुने गरेको बताएका छन् ।

सर्वेक्षण प्रतिवेदनका अनुसार न्यायीक गतिविधिका क्रममा ६८ प्रतिशतले, भन्सारका कर्मचारी मध्ये ६६ प्रतिशतले र स्वास्थ्य संस्थाका ६१ प्रतिशतले भ्रष्टाचार गर्ने गरेका छन् ।

उनीहरूको तुलनामा संचार माध्यम र गैरसरकारी संस्थाले निकै कम भ्रष्टाचार गर्ने गरेको पाइएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । रासस/सिन्ह्वा