२६ श्रावण २०८२, सोमबार | Tue Aug 12 2025


जितिया नाँच हेर्न गएको मौका छोपी कांग्रेस उम्मेदवार झाको घरमा लाखौँको चोरी


0
Shares

                                                          प्रतीकात्मक तस्वीर

राजविराज नगरपालिका–१, पडरिया निवासी झा सोही वडाका लागि यही असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षका उम्मेदवार हुन् ।

जितिया पर्वको अवसरमा घरका सबै सदस्य छिमेकमा भइरहेको नाच हेर्न गएको बेला मौका छोपेर चोरले घरको मुख्य द्वारमा लगाइएका तीनवटा ताला तोडेर चोरी गरेको पीडितले बताए ।

झाको घरबाट नगद रु एक लाख, १० तोला सुन, एक किलो चाँदी र एउटा एपल मोबाइललगायतका सरसमान चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यता चोरी गर्ने गिरोहको तीव्ररुपमा खोजी कार्य भइरहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । (रासस)