Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


बैंकहरुलाई दबाब दिन सकिन्न : प्रधानमन्त्री


0
Shares

काठमाडौं, पुस ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडितलाई सहुलियतपूर्ण ऋण दिलाउन बैंकहरुलाई दबाब दिन नसकिने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको परार्मश परिषदको बैठकमा १५ लाख र २५ लाख रुपैयाँको सहुलियत ऋण बन्द गरेको गुनासो उठेपछि प्रधानमन्त्री ओलीले बैंकहरुलाई दबाब दिन नसकिने र साना किसानलाई ऋण माफी गरेजस्तो पनि नहुने बताए ।

बैठकमा सदस्यहरुले भूकम्पपीडितको नाममा र पुनःनिर्माणकाक्रममा हुने भ्रष्टाचार र ठगी गर्नेहरुलाई कारबाही गर्नुपर्ने, ठेकेदारी अन्त्य गरी स्थानीय तहलाई सक्रिय बनाउनुपर्नेलगायतका सुझाव दिएका थिए ।

उनीहरुले भूकम्पग्रस्त क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्नुपर्ने, सीपमूलक व्यवस्था गर्नुपर्ने, एकीकृत बस्तीमा जोड दिनुपर्ने सुझाव पनि दिएका थिए ।

हालसम्म १३ सयजनालेमात्र बैकबाट सहुलियत क्रण लिएको पनि सो अवसरमा जानकारी दिइएको थियो ।