पर्साको पोखरिया नगरपालिकामा शुक्रबार नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले ‘हिमाल, पहाड र तराईबीचको एकताले नै राष्ट्रको समृद्धिमा ठूलो भूमिका खेल्नेछ’–भने ।
नेता पौडेलले उग्र पहाडवाद र मधेसवादको नारा लगाएर केही दलले राष्ट्रलाई कमजोर पार्न खोजिरहेको आरोप लगाउँदै सबै नेपालीको अधिकार प्रवद्र्धन गर्ने एकमात्र पार्टी कांग्रेसका उम्मेदवारलाई मतदान गर्न सबैमा आग्रह गरे ।
‘कांग्रेसकै नेतृत्वमा आयो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, अब कांग्रेसकै नेतृत्वमा अघि बढ्छ समृिद्धको अभियान’ भन्ने नारा लगाउँदै उनले देशको विकासका लागि नेपाली कांग्रेसको नेतृत्व अपरिहार्य रहेको बताए ।
नेता पौडेलले मुलुकको हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएको कांग्रेसको नेतृत्वमा नै लोकतान्त्रिक नेपालको समुचित विकास र समृद्धिको अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं सांसद राजेन्द्रबहादुर अमात्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पूर्वजिल्ला सभापति जनार्दन सिंहक्षेत्रीलगायतले कांग्रेसका उम्मेदवारलाई मतदान गर्न सबै मतदातामा अपिल गरे । रासस





प्रतिक्रिया दिनुहोस्