Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


काभ्रेपलान्चोकमा स्वाइनफ्लुबाट एकजनाको मृत्यु


0
Shares

सांकेतिक फाइल फोटो

 जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकका प्रमुख डा.अर्जुन सापकोटाका अनुसार स्वाइनफ्लुुका कारण पनौती नगरपालिका–७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो ।
‘केही दिनअघि मृतक नेवा एकमहिनाका लागि भारतका विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गरेर घर फर्केको र फर्केलगतै बिरामी भएर अस्पताल भर्ना भएको’ डा.अर्जुन सापकोटोले भने ।

चाँदनी नेवाको मृत्यु भएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकले भने मृतकको घर नजिकका समुदायमा आवश्यक सर्तकता अपनाउन स्वास्थ्यकर्मी परिचालन गरेको कार्यालयका प्रमुख डा.सापकोटाले जानकारी दिए ।

‘हामीले थप संक्रमण फैलिन नदिनका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट जनस्वास्थ्य अधिकृत विज्ञान लामाको नेतृत्वमा तीनजनाको टोली खटाएका छौंँ’ डा.अर्जुन सापकोटाले भने, ‘टोलीले त्यहाँका अन्य घरमा मानिस बिरामी छन् कि छैनन्, अस्पतालमा अरु कतै भर्ना भएका छन् कि छैनन् भन्ने जानकारी समेत लिनेछन् ।’

साथै, टोलीले त्यहाँका मानिसमा रगत परीक्षणलगायका स्वास्थ्य परीक्षणको कामसमेत गर्ने उनले जानकारी दिए । रासस