Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


जनतालाई झुक्याएर राजनीति गर्नुको कुनै अर्थ छैन : ओली


0
Shares

शुक्रबार बाराको सिमरामा आयोजित पार्टीको चुनावीसभालाई सम्बोधन गर्दै उनले जनताका लागि खट्ने नेतृत्व स्थानीय तहमा आउनुपर्ने र त्यस्ता व्यक्ति एमालेमामात्रै रहेको जिकिर गरे ।

अध्यक्ष ओलीले एमालेको पक्षमा मतदान गरेर आफ्नो नगर, गाउँ र वडालाई समृद्ध बनाउने अभियानमा सहभागी हुन सबै मतदातालाई आग्रह गरे ।

एमालेलाई ‘मधेसविरोधी’ भनेर प्रचार गर्नेहरुले मधेसका लागि केही पनि काम नगरेको ओलीको भनाइ थियो ।

‘जनतालाई झुक्याएर राजनीति गर्नुको कुनै अर्थ छैन, एमालेले त्यसो गर्दा पनि गर्दैन’–ओलीले भने–‘एमालेले काम गर्छ, एमाले सरकारको पालामा धेरै काम भएको छ, जुन जनताले देखिसकेका छन् ।’

एमाले सामाजिक सद्भावको पक्षमा रहेको भन्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले कसैप्रति विभेद गर्ने नभइ सबैलाई समान व्यवहार गर्ने बताए ।

सो अवसरमा उनले जितपुर–सिमरा उपमहानगरपालिकाका उम्मेदवारहरुलाई माला लगाइदिएर विजयको शुभकामनासमेत दिएका थिए ।