Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


एमालेले संविधान संशोधन हुन दिएन : प्रधानमन्त्री


0
Shares

शुक्रबार वीरगन्जमा नेपाली कांग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै उनले संविधान संशोधनमा एमालेले अवरोध गरेको गुनासो गरे ।

स्थानीय तह निर्वाचनपछि पुनः संविधान संशोधन विधेयक व्यवस्थापिका–संसदमा लैजाने उनको भनाइ थियो ।

कांग्रेस सभापतिसमेत रहेका उनले कांग्रेसले निर्वाचन जितेमात्र प्रजातन्त्र रहने भन्दै ‘कम्युनिष्टहरुको एकदलीय शासनले जनतालाई कुनै अधिकार दिँदैन’–भने ।

प्रधानमन्त्री देउवाले वीरगन्ज नेपालको मुख्य प्रवेशद्धार भएकाले वीरगन्जको विकासका लागी पूर्णसहयोग गर्ने बताए ।