Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


एमाले केन्द्रीय कमिटी बैठक असोज ६ देखि


0
Shares

काठमाडौंमा हुने बैठकमा स्थानीय निर्वाचनको समीक्षा तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाबारेमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । एमालेमा लामो समयदेखि केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन ।

यसअघि, वैशाखमा तय गरिएको बैठक पहिलो चरणको स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो ।

‘स्थानीय तहको पहिलो चरणको निर्वाचनअगाडि बैठक बस्ने तयारीमा थियौं तर व्यस्तताले बस्न सकेनौं’–उनले भने–‘अब तीन चरणको स्थानीय निर्वाचन सकिएपछि केन्द्र र प्रदेशको निर्वाचनका लागि बैठक बस्न थालेको हो ।’

बैठकले दुवै संसदका समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारको मापदन्डसमेत तय गर्नेछ । रासस