Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


सरकार भ्रष्टाचारीहरुको मन्डली, मिल्ने भए सबै सांसदलाई मन्त्री बनाउँथे : ओली


0
Shares

शनिबार विराटनगरमा सन्चारकर्मीहरुसँग अध्यक्ष ओलीले भ्रष्टाचार र ‘जम्बो’ मन्त्रिमन्डल बनाएर सरकारले विकृतिको ‘रेकर्ड’ कायम गरिएको टिप्पणी गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पाएको खन्डमा आफ्ना सबै सांसदलाई मन्त्री बनाउने उनले बताए ।

आयल निगमको जग्गा खरिदमा भएको भ्रष्टाचार राज्यसंयन्त्र कसरी भ्रष्ट भएको छ भन्ने पछिल्लो प्रतिविम्व भएको उनले उल्लेख गरे ।

राज्यका संवैधानिक निकायहरुमा कार्यकारिणीले जबर्जस्ती गर्दा ती निकायहरु कमजोर बन्दै गएको र यसबाट लोकतन्त्र नै कमजोर हुँदै गएको उनले बताए ।

Skip This