Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


७० वर्ष कटेपछि चुनाव नलडौं : रक्षामन्त्री


0
Shares

काठमाडौंस्थित निर्वाचन क्षेत्र नम्बर–६ धनेश्वरमा आयोजित शुभकामना अदान–प्रदान कार्यक्रममा युवालाई राजनीतिकमा अवसर दिनका लागि पनि ७० वर्ष उमेरपछि नेताले चुनाव लड्न नपाउने व्यवस्था कानुनीरुपमै गर्नुपर्ने बताए ।

उनले भने–‘हामीले आफूलेमात्र सधैंभरि अवसर लिने प्रचलनलाई छाड्नुपर्छ, दुईपटकभन्दा बढी र ७० वर्षपछि पनि चुनाव लड्ने परिपाटीलाई बदल्नुपर्छ ।’

मन्त्री प्रधानले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देशमा राजनीतिक स्थिरता आउने बताए ।

राजनीतिक स्थिरतासँगै देशले आर्थिक समृद्धि गर्ने बताउँदै उनले आर्थिक समृद्धिलेमात्र देशमा शान्ति स्थापना हुने उल्लेख गरे ।

रक्षा मन्त्रालय अहिले काठमाडौं–निजगढ द्रुतमार्ग बनाउने काममा लागेको जानकारी दिँदै मन्त्री प्रधानले केही महिनाभित्रै काम सुरु भइ चार वर्षमा निर्माण गरिसक्ने बताए । रासस

Skip This