२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


‘बालबालिकालाई एउटै सुईबाट सबै खोप लगाउन सम्भव’


0
Shares

अमेरिकाको मासाचुसेस्ट्स इन्स्टियुट अफ टेक्नोलोजी (एमआइटी)का वैज्ञानिकहरुले एकप्रकारको ‘माइक्रोपार्टिकल’ अर्थात् स–साना कण तयार पारेर बालबालिकालाई लगाइने खोप एउटैमा समावेश गरेर सुई बनाउन सफल भएका हुन् ।

उक्त प्रविधिको विकास गर्न सफल भएपछि वैज्ञानिकहरुले भविष्यमा एउटै सुइबाट खोप लगाउन सकिने बताएकोे ‘बीबीसी‘ले उल्लेख गरेको छ ।

साइन्स जर्नल‘मा प्रकाशित अध्ययन अनुसार वैज्ञानिकहरुले एकैपटकमा खोप दिन सकिने उक्त सुईमा कफि कप आकारको निकै सानो क्याप्सुल राखेका छन् । उक्त क्याप्सुलले सुरुवाती खोपको पहिलो आवश्यक मात्रा र त्यसपछि समय–समयमा वृद्धि गर्ने ‘बुस्टरहरु’ छोड्नेछ ।

वैज्ञानिकहरुले उक्त प्रविधिको परिक्षण मुसामा गरेको थिए । मुसामा गरिएको परीक्षण सफल भएपछि उनीहरुले यस अध्ययन सार्वजनिक गरेका हुन् । उक्त प्रविधिले विश्वभरका बालबालिकालाई दिइने खोपमा  सहयोग गर्ने बताइएको छ ।

उनीहरुले तयार गरेको उक्त सुईमा सय दिनसम्म टिक्न सक्ने ‘माइक्रोपार्टिकल’ कण पनि तयार पारिएकोे बताएका छन् ।

आलसम्म बालबालिकामा परीक्षण नगरिएको उक्त खोपमा राखिएका मात्रा नौ, २० र ४१ दिनपछि दिन सकिने मुसामा गरिएको परीक्षणले देखाएको छ ।

बाल्यावस्थामा पटक–पटक खोप लगाउँदा दुखाईका कारण बालबालिकाहरु रुने र चिच्याउने समस्या समाधान भएको वैज्ञानिकहरुले बताएका छन् ।

विश्वभर अनिवार्य रुपमा बालबालिकाहरुलाई भ्यागुते रोग, लहरेखोकी, पोलियो, इन्फ्लुएन्जा टाईप बी र हेपाटाइटिस बी, दादुरा, रुबेलाविरुद्ध लगायतका खोप लगाउने गरिन्छ ।
एमआइटीका प्राध्यापक रोबर्ट लांगरले यस परीक्षणबाट निकै उत्साहित भएको बताउँदै विकासशील मुलुकका बालबालिकाहरुका लागि निकै महत्त्वपूर्ण हुन बताएका छन् ।