Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रधानमन्त्रीसहित मन्त्रीले आचारसंहिता उल्लंघन गरेपनि आयोग मुकदर्शक : बामदेव


0
Shares

एमाले प्रदेश सम्पर्क संगठन कमिटीले शनिबार राजधानीमा आयोजना गरेको प्रदेश नम्बर–५ को सम्पर्क भेला तथा प्रशिक्षण कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीले आचारसंहिता उल्लंघन गरेपनि आयोग मुकदर्शक बनेको आरोप लगाए ।

उनले निर्वाचन आचारसंहिता एमालेका नेतालाईमात्र लाग्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्री, मन्त्री र सत्तापक्ष दलका नेताले उल्लंघन गरेपनि आयोगले केही नगरेको बताए ।

निर्वाचनका बेला सरकार गठन हुँदा पनि आयोग चुप लागेर बसेको भन्दै उनले भने–‘जसरी हाम्रा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई स्पष्टीकरण सोधिएको थियो । त्यसैगरी प्रधानमन्त्री र मन्त्रीलाई सोध्नुपर्दछ ।’

उपाध्यक्ष गौतमले आयोगले संवैधानिक अंगकारुपमा रहेपनि भूमिका निभाउन नसकेको धारणा राखे ।

उनले नेपाली कांग्रेसमा राष्ट्रियताको सवालमा हेर्ने दृष्टिकोण कमजोर भएकाले देशको राष्ट्रिय अखन्डताको रक्षा गर्ने एमालेबाहेक अरु पार्टी नभएको जिकिर गरे ।

उनले एमालेको बलबुताले संविधान जारी गरिएको उल्लेख गर्दै प्रदेश र केन्द्रको निर्वाचनपछि पूर्णरुपमा कार्यान्वयनमा आउने दाबी गरे ।

उनले एमालेलाई प्रदेश नम्बर–२ मा छिर्न दिइँदैन भन्नेलाई मंगलबार हुने निर्वाचनमा फेरि पनि ठूलो पार्टी बनेर देखाउने धारणा राखे ।

उनले कांग्रेसको टेको लगाएर नेकपा माओवादी केन्द्र हिँड्ने गरेको भन्दै माओवादी पछिल्लो समय ओरालो लागेको बताए ।

कार्यक्रममा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले शक्तिशाली बन्दै गएको देखेर कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालले मोर्चा गरेको बताए ।

उनले मंसिरको चुनावपछि एमाले बहुमतसहित सत्तामा बस्ने दाबी गर्दै भने–‘अहिले केन्द्रमा हामी प्रतिपक्ष भएपनि स्थानीय तहमा सत्तापक्ष नै हौं ।’

उनले अब हुने निर्वाचनमा बहुमत ल्याएर पाँच वर्षको सरकार चलाएर देशलाई समृद्धि र समाजवादको दिशातिर लैजाने बताए । रासस

Skip This