
यसै क्रममा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर झलारी सडकखण्डबाट लाखौं मूल्य बराबरका मालसामान प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल भन्सार तथा राजश्व गुल्म गड्डाचौकीको टोलीले विशेष सुराकीका आधारमा शनिबार साँझ भन्सार छली गरी ल्याइएका सामान बरामद गरिएको हो ।
महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना. ५ ख ९५०२ नम्बरको बसबाट भन्सार राजस्व छलेर ल्याइँदै गरेको ५ लाख ५८ हजार रुपैयाँ बराबरको कपडा तथा अन्य सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद सामान कञ्चनपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । बरामद सामान कसको हो भन्ने खुलाइएको छैन ।
प्रहरीले अवैद्य रुपमा सामान आयातमा संलग्न रहेको आशंकामा एक जना व्यापारीलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्