२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


विद्यालयमा आधारित प्राथमिक उपचार तालिम सम्पन्न


0
Shares

प्राथमिक उपचारको महत्वलाई समुदायस्तरसम्म पुर्‍याउने र विद्यालय तथा समुदायस्तरमा दुर्घटनामा हुनसक्ने मानवीय पीडालाई कम गराउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले तालीमकोे आयोजना गरेको हो ।

सरस्वती मावि, महेन्द्रग्राम मावि र पन्चकन्या माविका विद्यार्थीको सहभागिता रहेको तालीममा रक्तस्राव रोकथाम, हाड भाँचिने, पोलाइ, घाँटीमा अड्किने, स्थानीयस्तरमा आपत्कालीन स्ट्रेचर बनाउने र दुर्घटनाका समयमा प्राथमिक उपचार तत्कालै पुर्‍याउने भन्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।

रेडक्रस भक्तपुरको प्राविधिक सहयोगमा भएको तालीममा तीन विद्यालयका आठ–आठ विद्यार्थी गरी २४ जनाको सहभागिता रहेको थियो । रासस