२६ श्रावण २०८२, सोमबार | Tue Aug 12 2025


९२ लाख अनियमितता गरेको आरोपमा भट्टराई निलम्बित


0
Shares

मन्त्रालयले सरकारी कोषमा दाखिला गर्नुपर्ने रु ९२ लाख ३ हजार दाखिला नगरी अपचलन गरेको पाइएपछि आर्थिक अनियमितता गरेको अभियोगमा आइतबारदेखि निलम्बन गरेको हो ।

भट्टराईले कार्यालय प्रमुख निर्वाचनमा खटिएको मौका पारी रकम अपचलन गरेका थिए । कार्यालयले पटकपटक ताकेता गर्दा पनि सरकारी राजस्वमा पैसा जम्मा नगरी पछिल्लो समय कार्यालयमा समेत अनुपस्थित भएपछि भट्टराई निलम्बनमा परेका हुन् ।

थप छानबिन गर्नका लागि यातायात व्यवस्था विभागले आइतबारै अख्तियारलाई अनुरोध पत्र पठाएको विभागका प्रवक्ता डा.टोकराज पाण्डेले राससलाई जानकारी दिए । अवकाश हुन केही दिनमात्र बाँकी रहेको बेला भट्टराईले राज्यको पैसा अपचलन गरेका थिए ।

विभागले पछिल्लो समय यातायात व्यवस्था कार्यालय कोशी, नेपालगन्ज, महाकालीलगायतका कार्यालयमा यस्तो प्रकृतिका अभियोगमा कर्मचारीलाई निलम्बन गरी अनुसन्धान अगाडि बढाएको छ । रासस