१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


तीन बर्ष भित्रमा मेरो विवाह हुनेछ: नायिका प्रियंका कार्की(भिडियो अन्तरवार्ता)


0
Shares

उनले हालसम्म करिब २४ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । कलाकारिताकै विषयमा संचारकर्मी नरेश भट्टराईसँग प्रिंयकाले रमाइलो कुराकानी गरेकी छिन् ।

प्रिंयका कार्कीले क्यामेरा अगाडी उभिन थालेको कतिबर्ष भयो होला ?

ठ्याक्कै याद त छैन तर २३ बर्ष नाघ्यो । सातबर्षको हुँदा नै क्यामेरा फेस गरेको हुँ । सन्तोष पन्त दाईको ‘हिजोआजका कुरा’मा बाल कलाकारको रुपमा काम गरें । स्कुलमै पढ्दा पनि भरत सिटौलाको गीतमा म्यूजिक भिडियोमा काम गरेको थिएँ ।

तपाईले नाम र दाम मध्ये कुन चाहिं धेरै कमाउनु भयो ?

नाम नै धेरै कमाएँ होला । दाम भन्ने चिज भन्ने आज आउँछ भोली जान्छ । पैसाको बारेमा धेरै सोच्दिन । तर म फिल्म क्षेत्रमा राम्रो छाप छाड्ने लक्ष्यमा छु ।

तपाईंलाई जिन्दगीमा के भइदिए हुन्थ्यो जस्तो लाग्छ ?

यस्तो वा उस्तो भइदियोस भन्ने त छैन् । व्यक्तिगत जीवनमा खुशी छु । खुशीसाथ जीवन विताउन पाइयोस ।

आयुषमान देशराज जीवनमा आएपछि आफूमा के परिवर्तन पाउनुभयो ?

म मेसिन जस्तो थिएँ । किनकी म काममा धेरै ब्यस्त हुन्थे । तर अहिले समय केही समय व्यवस्थापन गरेर रिलिफ हुने प्रयासमा छु । आयुषमानबाट जीवनमा सकरात्मक परिवर्तनहरु पाएको महसुश गर्दैछु । उ एकदम कुल छ । सफ्ट छ । कुनै पनि काममा उ आत्तिने र डराउने गर्दैन । त्यसले मलाई प्रभावित बनाएको छ ।

अब विहे कहिले गर्नुहुन्छ ?

जीवनमा कोही हुनु र नहुनुमा धेरै फरक पर्दोरहेछ । त्यसैले समयले साथ दिएमा करिब दुई-तीन बर्ष भित्रमा मेरो विवाह हुनेछ । 

ब्रत र पूजाआजामा कतिको विश्वास लाग्छ ?

ब्रत बस्दिन । पहिलो प्राथमिकता मेरो काम नै हो । मन सफा हुनुपर्छ । काम राम्रो गर्नुपर्छ त्यसको फल प्राप्त हुन्छ । भगवानले पनि कति मान्छेको कुरा सुन्न सक्लान र ?

एउटा फिल्मबाट कति पारिश्रमिक लिने गर्नुभएको छ ?

धेरै पारिश्रमिक पनि लिन्छु तर कसैलाई मार नपरोस भनेर लिन्छु । फिल्म मेरो आत्मा हो । कथाले मेरो मन छोयो भने म पाँच रुपैंयामा पनि फिल्म खेल्छु ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)