Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


मानव बेचबिखनमा संलग्न पक्राउ, आफ्नै नातेदारलाई बेचेको अभियोग


0
Shares

आफ्नै नाताभित्रकोे एक महिलालाई बेचेको अभियोगमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाएका छापभञ्ज्याङका २६ वर्षीय सुवास सार्की २०६९ चैत २८ गतेदेखि फरार रहेका थिए ।

विशेष सूचनाका आधारमा प्रहरीले अभियुक्त सार्कीलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए।

कार्कीलाई आवश्यक कारबाहीका लागि आजै जिल्ला अदालत चौतारा बुझाइने जानकारी दिए ।

मानव बेचबिखनमा निज अभियुक्तका बाबुछोरा नै संलग्न रहेका थिए । अहिले अभियुक्तका बाबु रामचन्द्र सार्की सुन्दरा कारागारमा जेलजीवन काटिरहेका छन् ।