Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


म्याग्दीको रुइसे सूचीकृत भएपछि पर्यटको भीड


0
Shares

म्याग्दी । सरकारले घोषणा गरेको १ सय वटा नयाँ पर्यटकीय गन्तव्यमा म्याग्दीको रुइसे सूचीकृत भएपछि यहाँ आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा पर्ने रुइसेमा आन्तरिक तथा बाह्य पर्यटकको भीड नै लाग्न थालेको छ ।

प्रशस्त सम्भावना भएर पनि गुमनाम  रहेको रुइसे स्थानीयको पहलमा पूर्वाधार निर्माण भएपछि चर्चामा आउन थालेको हो ।

यहाँबाट धौलागिरिलगायत ७ वटा हिमालको नजिकैबाट अवलोकन गर्न सकिन्छ ।

यो ठाउँ धौलागिरि आइसफल क्षेत्र र अन्नपूर्ण रेञ्जका हिमालको अवलोकनको लागि उत्तम मानिन्छ ।

त्यसैगरी यो स्थान म्याग्दीबाट मुस्ताङ निस्कने वैकल्पिक नयाँ पदमार्गसमेत हो ।

धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारका रुपमा रहेको रुइसेमा रघुगंगा गाउँपालिकाले भ्यूटावर निर्माण सुरु गरेको छ ।

विकास गर्नुपर्ने नयाँ पर्यटकीय गन्तव्यको सूचीमा रुइसे हुँदै धौलागिरि आईसफल क्षेत्र समेटिनुले यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिएको रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष रिमबहादुर कटुवालले बताए ।