काठमाडौं, पुस २९ । सनराइज बैंकले प्रस्ताव गरेको नगद लाभांश पारित भएको छ ।
बैंकको आइतबार राजधानीमा सम्पन्न ११औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ११.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
यस्तै, बैंक आफैँ वा सहायक कम्पनीमार्फत शेयर ब्रोकरेज सम्बन्धी काम गर्ने व्यवस्था समावेश गरी प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ । आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मोतीलाल दुगडले बैंक यस अवधिमा पनि उल्लेख्य प्रगति जारी राख्न सफल भएको बताए ।
राष्ट्र बैंकले तोेकेको उत्पादनशील क्षेत्र तथा प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको लगानी प्रतिशत पु¥याइसकेको पनि उनले बताए ।









प्रतिक्रिया दिनुहोस्