११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


इजिप्टमा ४३ जनालाई आजीवन काराबासको सजाय


0
Shares

सन् २०१३ मा राष्ट्रपति मोहमद मोर्सीलाई पदच्युत गर्ने अभियोगमा पक्राउ गरिएका ५ सय मध्ये ४३ जनालाई आजीवन काराबासको सजायँ दिइएको हो ।

अन्य ३ सय जनालाई भने ५ वर्षदेखि १५ वर्षसम्मको जेल सजायँ सुनाइएको छ । यसरी सजायँ पाउनेहरुमा अमेरिकी नागरिकहरु पनि रहेका छन् ।

राष्ट्रपति मोर्सीलाई पदच्यूत गर्ने अभियानका क्रममा सयौं प्रदर्शनकारी र सुरक्षाकर्मी मारिएका थिए भने प्रदर्शनकै क्रममा सयौं प्रदर्शनकारी पक्राउ परेका थिए । (एजेन्सी)