Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


‘देशको आर्थिक विकासमा सहकारीको भूमिका प्रशंसनीय’


0
Shares

काठमाडौं, पुस २९ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले देशको आर्थिक विकासमा सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्दै यसलाई थप व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको छैठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संघका अध्यक्ष सुरेन्द्र भण्डारीले देशभर संचालित बहुउद्देश्यीय सहकारी संघ संस्थाहरुले २ खर्ब रुपैयाँभन्दा बढीको निक्षेप परिचालन एवं सोही बराबरको कर्जा लगानी गरेको जानकारी दिए । उनले २५ अर्बभन्दा बढीको पूँजी परिचालन भएको बहुउद्देश्यीय सहकारी संघ संस्थाको दीर्घकालिन विकास गर्न संस्थागत सुशासन अपरिहार्य महसुस गरी त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि लगेको समेत दाबी गरे ।