काठमाडौं, पुस २९ । साताको पहिलो दिन शेयर बजारमा गिरावट आएको छ ।
उतारचढावका बीच बजार परिसूचक (नेप्से) साढे ५ अंकले ओरालो लागेर ११७५ मा आएर थामियो ।
यसदिन कारोबार सुरु भएदेखि नै नेप्से ओरालो लागेको थियो । उत्पादनमुलक समूह र अन्य समूह आइतबार सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागेका हुन् ।
यसदिन निर्जीवन बीमा समूह सबैभन्दा उच्च ७१ अंकले घट्यो । त्यस्तै, होटल समूह १२ अंकले घट्दा जीवन बीमा समूह पनि ११ अंकले ओर्लियो ।
यसदिन १५८ कम्पनीको ११ लाख ६३ हजार कित्ता शेयर ३७ करोड २९ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्