५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


मेक्सिकोमा शक्तिशाली भूकम्प, १ सय ४० भन्दा बढीको मृत्यु (हेर्नुहोस तस्विर)


0
Shares

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परेर १ सय ४० भन्दा बढीको मृत्यु भएको छ ।

७ दशमलव १ म्याग्नेच्यूड मापन गरिएको भूकम्पका कारण मोरेलोस र प्यूब्ला राज्यका साथै राजधानी मेक्सिको शहरका धेरै घर ध्वस्त भएका छन् ।

जमिनदेखि ५१ किलोमिटर तलबाट गएको भूकम्पको केन्द्रविन्दु प्यूब्ला राज्य रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।

उद्धारकर्ताहरुले भग्नावशेषमा च्यापिएकाहरुको जिवितै उद्धारको प्रयास गरिरहेका छन् ।

भूकम्पका कारण क्षति पुगेपछि मेक्सिको शहरको विमानस्थलको सेवा स्थगित गरिएको छ भने शहरका सयौं भवनबाट मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् ।

राजधानीका करिब २० लाख मानिस विद्युत सेवाबाट बञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध छ ।

३२ वर्षअघि १० हजार मानिसको मृत्यु हुने गरी गएको भूकम्पको सम्झनामा सयौं सहभागी भइरहेका बेला यो भूकम्प गएको हो ।

मेक्सिको भूकम्प गइरहने मुलुकमा पर्दछ । गत महिना दक्षिणी क्षेत्रमा गएको ८ दशमलव १ म्याग्नेच्यूडको भूकम्पका कारण कम्तिमा ९० जनाको मृत्यु भएको थियो ।  (एजेन्सी)

mex2

mex3

mex4

mex6

mex8

mex9

mex10

mex88