
प्रतिघण्टा २ सय ६० किलोमिटरको वेगसम्म आएको मरिया आँधीले डोमेनिकामा व्यापक क्षति पुर्याएको छ ।
सबैभन्दा खतरनाक स्तर क्याटगोरी पाँचको उक्त आँधी रातको समयमा डोमिनिका प्रवेश गरेको थियो ।
अमेरिकी भूगाम पोर्टो रिकोका गर्भनरले टापुका ३५ लाख मानिस सुरक्षित बासस्थानको खोजीमा रहेको बताएका छन् ।
सयौं आश्रयस्थलहरु बनाइएको छ । आँधीका कारण त्यहाँका विभिन्न स्थलमा पहिरो भएको छ ।
यसै महिना क्यारेबियन क्षेत्रमा आएको शक्तिशाली इर्मा आँधी हिँडेकै बाटो हुँदै मरिया आँधी अघि बढिरहेको छ ।
इर्मा आँधीका कारण ३७ जनाको मृत्यु भएको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्