२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


अल्जाइमर्स दिवसमा काठमाडौंमा र्‍याली


0
Shares

विभिन्न चेतनामूलक काम गर्दै आएका होप हिमालयनले अल्जाइमर्स दिवसका अवसरमा काठमाडौंको लाजिम्पाटबाट निकालेको र्‍याली शहरका विभिन्न भागको परिक्रमापछि शान्तिबाटिमा पुगेर टुंगिएको थियो ।

र्‍यालीमा सहभागीहरुले अल्जाइमर्स रोग निवारणसम्बन्धी जनचेतनामूलक सामग्री बोकेका थिए ।

नेपालमा ज्येष्ठ नागरिकहरुमा अल्जाइमर्ससम्बन्धी रोग बढ्दो क्रममा रहेको एक तथ्यांकले देखाएको छ । यो रोगले स्मरणशक्ति नास गर्ने गर्छ ।

नेपालमा मात्रै अल्जाइमर्स रोग लागेका मानिसको संख्या झन्डै एक लाख रहेको अनुमान छ । सन् २०३० सम्ममा यो १ लाख ३४ हजारमा पुग्ने अनुमान गरिएको छ ।