Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


नवलपरासीमा ४९४ जना एचआइभी संक्रमित


0
Shares

एचआइभी संक्रमितको उपचार र हेरचाहका क्षेत्रमा सन् २००७ बाट जिल्लामा कार्यरत संस्था लुम्बिनी प्लसकाअनुसार शुरुमा ३४ जना संक्रमित फेला परेकोमा २०१७ सालसम्म आइपुग्दा त्यो संख्या बढेर जिल्लामा ४९४ पुगेको छ ।

एचआइभी र एड्स विरुद्ध व्यापक जनचेतना जगाउनुपर्ने आवश्यकता देखिएको छ, लुम्बिनी प्लसका प्रतिनिधि दयाराम आचार्यले भने– “एआइभी संक्रमित भएकालाई सरकारले निःशुल्क रुपमा एआरटी औषधि वितरण गर्ने गरेको छ, यसले थप संक्रमण हुनबाट जोगाउँछ ।” रासस